तीन दिने आदिवासी जनजाती फुड फेष्टिबल भोली समापन हुर्दै

विजय धिमाल
असार ४ गते, उर्लाबारी । मोरङको उर्लाबारीमा पहिलो पटक आयोजित आदिवासी जनजाति फुड फेष्टिबल भोली आइतबार समापन हुर्दैछ ।

शुक्रबार देखी सुरु भएको फुड फेष्टिबल आज दोश्रो दिन गीतसंगीत र सांस्कृतिक जातिय नाच मय भएको थियो । फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, सन्थाल, नेवार सहित स्थानीय जातजातीका मौलिकता, पराम्परागत खानासंगै जातीय नाचगान र स्थानिय विद्यालयको विद्यार्थीहरुको समेत सहभागी रहेको थियो । आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचाहनलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्,उर्लाबारीका बरिस्ठ उपाध्यक्ष सम्सेर लिम्बूले जानकारी दिए ।

आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष मणीलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको दाश्रो दिन आदिवासी जनजाती महासंघ प्रदेश अध्यक्ष धुर्ब मेन्याङबो प्रमुख अतिथि रहेका थिए । बिशिष्ट अतिथि आदिवासी जनजाती महासंघ पूर्व जिल्ला उपाध्यक्ष नरबहादुर मोक्तान रहेका थिए ।

दोश्रो दिनको कार्यक्रममा धिमाल जातिको राष्ट्रिय गायक संजिव धिमाल, स्थानीय गायक ताराबिर पाण्डे र सुरेश धिमालले गीत गाएर मनोरञ्जन दिलाएका थिए । भोली अन्तिम दिन स्थानिय गायक नन्दु गुरुङ लगायत स्थानिय कलाकरहरुको प्रस्तुति रहने आयोजकले बताए । उर्लाबारी नगरपालिकाको आर्थीक सहयोगमा कार्यक्रम भएको सचिव नारायण राईले बताए ।

सम्बन्धित खवर