पथरीशनिश्चरे नगरले द्वन्दपिडीतहरुका सवाललाई सम्वोधन गर्दै जाने

असोज १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा भएका द्वन्दपिडीतहरुका सवाललाई सम्वोधन गर्नुपर्ने विषय उठान गरेका छन् । द्वन्दपिडीत साझा चौतारीको आयोजनामा भएको अन्तरक्रियामा द्वन्दपिडीतहरुका सवाललाई सम्वोधन गर्नुपर्ने विषय उठान गरेको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख देवीमाया काफ्लेले नगरका द्वन्दपिडीतहरुका सवाललाई सम्वोधन गर्दै जाने वताइन् । कार्यक्रममा, ३ नम्बर वडाध्यक्ष विजय लिम्बू, ७ नम्बर वडाध्यक्ष उद्धवराज बस्नेत र कार्यपालिका सदस्य कल्पना श्रेष्ठले द्वन्दपिडीतहरुका स्वास्थ्य, शिक्षा, स्वरोजगार सहितका सवाललाई सम्वोधन गर्दै जाने कुरामा प्रतिवद्ध भएको जनाए ।

कार्यक्रममा, अधिवक्ता रुक्मिणा दाहालले द्वन्दपिडीतहरुका सवाललाई सम्वोधन गर्दै उनीहरुको पीडाको घाउमा सम्मानजनक मल्हम लगाउनु पर्नेमा जोड दिए । उनले द्वन्दपिडीतहरुको पालिकामा सूचिकृत गर्नुपर्ने, निःशुल्क स्वास्थ्य विमाको व्यवस्थापन सहित आत्मनिर्भर बन्ने प्रकारका कार्ययोजना बनाएर सहयोग पुर्याउनु आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रम संयोजक चौतारीकी जिल्ला अध्यक्ष रीता गिरीले द्वन्दको समयमा मारिएकाहरुका जघन्य अपराधलाई माफी दिन मिल्ने कानून बनाइएकाले कानून संसोधन गरेर सजायको भागिदार बनाउनु पर्ने आफुहरुको निरन्तर माग रहेको जनाइन् ।

सम्बन्धित खवर