जिल्ला अदालतद्धारा न्यायिक समितिले गरेका गतिविधिको निरीक्षण

असार २४ गते, पथरी । जिल्ला अदालत मोरङको टोलीले पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले गरेका गतिविधिको निरीक्षण गरेको छ ।

जिल्ला न्यायाधिस सुदर्शन लामिछाने, शाखा अधिकृत एकराज कार्की र नायव सुब्बा सोमप्रसाद भट्टराईले नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले सहित समिति सदस्यहरुसँग कुराकानी गर्दै समितिका गतिविधिका बारेमा जानकारी लिए ।

१ नम्बर प्रदेशमै सवैभन्दा बढी संख्यामा उजुरीहरु मेलमिलाप गराउँदै आएको पथरीशनिश्चरेले न्याय सम्पादनका गतिविधिका प्रक्रिया, कागजी अभिलेख सहितका बारेमा समितिबाट जानकारी गराएको छ । एकातिर छुट्टै इजलासको व्यवस्थापन हुन नसकेको र अर्काेतिर दरवन्दीका कुनै कर्मचारी व्यवस्थापन नभएको अवस्थाले काम गर्न कठिनाई भएको समितिले जानकारी गराएको छ ।

न्यायिक समिति सदस्य पदम धिमाल, कल्पना श्रेष्ठ, कानूनी सल्लाहकार दीपककुमार राई, उजुरी प्रशासक विश्वमणि निरौला र कार्यालय कर्मचारी राजेश भट्टराईसँग टोलीले अन्तरक्रिया समेत गरी थप चुस्त कार्य सम्पादनका बारेमा सुझाव समेत दिएको छ ।

 

सम्बन्धित खवर