जहदामा लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम

सनम रोक्का

असार २५ गते, जहदा । कानेपोखरी –५ स्थित जहदामा लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रमको आयोजना भएको छ ।

नव उदय समूहको आयोजनामा शनिबार सचेतना कार्यक्रम आयोजना गरेको हो । लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रमको सहजिकरण उद्धार सुधार गृह केराबारीका उत्प्रेरक खगेन्द्र क्षेत्रीले गरेका थिए । उनले लागुऔषध प्रयोग गर्नुका कारण, बच्ने उपाय र यसका असरहरूको बारेमा जानकारी गराएका थिए । लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियानमा सहयोग गरेको बताउँदै उनले लागुऔषधले युवा पुस्तामा नराम्रो असर पार्ने हुँदा त्यस तर्फ सचेत बन्न सम्पूर्ण युवालाई आग्रह गरे ।

कार्यक्रममा वक्ताहरूले लागुऔषध भित्र पर्ने गाजाँ, ड्रग्स, अफिम, मफिर्न, हेरोइन, कोडिन, मेथाडोन, व्यूप्रिनफिर्न, जस्ता पदार्थले प्रयोगकर्ता व्यक्ति लगायत उसँग सम्बन्धित थुप्रै व्यक्तिहरूलाई पर्ने असरहरू, लागुऔषध प्रयोग गर्दा हुने व्यक्तिगत, सामाजिक, मानसिक असरका बारेमा आफ्ना कुराहरू व्यक्त गरे ।

आजभोलि हाम्रो समाजमा लागुपदार्थहरुको सेवन र बिक्री वितरणको क्रम बढ्दै गएको देखिन्छ । अवैध रुपमा लागुऔषध पदार्थ, सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्री वितरण भइरहेको पाइन्छ । युवाहरू पनि लागुऔषधको कुलतमा फसेर जीवन नै बर्बाद पारेको घटना प्रशस्तै सुन्न र देख्न पाइन्छ । सोही कुरालाई मध्यनजर राख्दै ‘लागुऔषध दुव्र्यसनी’ विरुद्धको कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सन्तोष राईले बताए ।

कार्यक्रममा स्थानीय प्रतिनिधि ५ नं. वडाका अध्यक्ष चरण गुरुङ, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि विबेक लिम्बू, सन्तोष फुयल, स्थानीय, लागुऔषध प्रयोगकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर