पथरीबाट ठूलो परिणाममा प्रतिबन्धित औषधि बरामद

भदौ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे–६ भातेगौडा स्थित रोहिन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीबाट ठूलो परिणाममा प्रतिबन्धित औषधि बरामद भएको छ ।

औषधि व्यवस्था विभाग बिराटनगर शाखाले क्लिनिक एण्ड फार्मेसीमा छापामारी प्रतिबन्धित औषधि फेला हो । फार्मेसीका संचालक सोही ठाउका २८ वर्षीय रोहिन मण्डललाई विभागले नियन्त्रणमा लिएको छ ।

मण्डलले औषधि व्यवस्था विभागबाट फार्मेसी संचालनको लाईसेन्स समेत नलिई औषधी पसल खोलेका पाईएको छ । फार्मेसीमा ट्रमाडोल नामक प्रतिबन्धित औषधि एक कार्टुन(१ हजार ८ सय ४० ट्याब्लेट) बरामद भएँको बिभागले जनाएको छ । त्यस्तै बिभिन्न नाम गरेकोे प्रतिबन्धित औषधिसमेत उनको फार्मेसीमा फेला परेको छ ।

यसअघि विभागलेनै प्रतिबन्धित औषधि सहित पक्राउ गरेकोे लेटाङ–३ का २२ वर्षीय आसन राईको सुचनाको आधारमा विभागका कर्मचारी भातेगौडा आईपुगेको हो । मण्डलको क्लिनिकबाट राईले औषधि खरिद गर्ने गरेको विभागको दाबी छ ।

विभागको टोलीले राईलाई संगै लिएर सोमबार बेलुकी भातेगौडा स्थित मण्डलको फार्मेसीमा छापा मार्दा प्रतिबन्धित औषधी फेला परेको हो। मण्डल र राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित खवर