कानेपोखरी महोत्सव सुरु, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

 

भदौ १३ गते, रमाइलो । ‘शैक्षिक कृषि एवम् पर्यटन प्रवर्धनका लागि’ भन्ने नारा सहित कानेपोखरी महोत्सव सुरु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका –६, स्थित रमाइलो चोकमा सुरु भएको महोत्वसलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन अघि उपस्थित दर्शकलाई नृत्य र हाँस्य कलाकारहरुले मनोरञ्जन दिएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी, प्रवक्ता सुशिल बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरे, वडा नंं. ५ का वडाध्यक्ष चरण गुरुङले र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरी अधिकृत गोविन्द फुयल अधिकारी, कानेपोखरी व्यापार संघ अध्यक्ष डिल्ली फुयल र जेसिज रमाइलोका प्रेसिडेन्ट त्रिभुनाथ(सन्तोष)फुयल लगाएत अतिथिरहेका थिए ।महोत्सव रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा लगाउन लागेको रमाइलो युवा परिवारको संयुक्त आयोजनामा लागेको हो । महोत्सव १२ गते देखी सुरु भएर २७ गते समापन हुने छ ।

महोत्सव प्रत्येक दिन साँझ ६ बजे सुरु भएर ९ः ३० बजे समापन हुनेछ । प्रत्येक दिन राष्ट्रिय कलाकारहरु, मेलिना राई, प्रमोद खरेल, रचना रिमाल, शिव परियार, प्रिती आले, एलिना चौहान, ज्योति मगर, प्रकाश सपुत र हाँस्यकलाकार भरतमणी पौडेल लगाएत कलाकारहरुले दमनोरञ्जन दिने छन् । स्विकृत खेलहरु बाहेका अरु कानुनले प्रनिबन्धीत खेलहरु नरहने कार्यक्रमका अध्यक्ष नविन पौ्यालले बताए । उनले तीजको दिन दिउँसो महिलाहरुको लागि विषेश कार्यक्रम रहेको बताए । सो कार्यक्रममा नायिका रेखा थापा आउने र त्यो दिन टिकट नलाग्ने बताएका छन् ।

विज्ञान विषयलाई आधार बनाएर शैक्षिक प्रगती गरेका विद्यालयहरुको स्टल राखेर विद्यार्थीहरुबाट निर्मित बस्नु दैनिक प्रर्दशनी हुने र यस प्रर्दशनीले कानेपोखरी क्षेत्रका अध्ययनरत विद्यार्थीहरुले अवलोकन गर्दा उनिहरुले पनि केही सिक्ने माध्यम हुने आयोजकले बताएका छन् ।

रमाइलो चोकदेखी उत्तरमा रहेको ८ कट्ठा जग्गामा डिपिआर सहितको भवन निर्माणको लागि महोत्सव आयोजना गरेको कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयलले बताए । जुन जग्गामा एउटै भवनमा रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त भवन निर्माण गर्ने लक्ष सहित अघि बढेको छ । कार्यक्रम संचालन एविन्द्र पाठक रहेका थिए ।

सम्बन्धित खवर