भदौ १९ गते, बेलबारी । नेकपा(एमाले) मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा भानुभक्त ढकालको सर्वसम्मत नाम सिफारिस गरेको छ ।
आइतबार एमाले ३ नम्बर क्षेत्रीय कमिटी अध्यक्ष भोला अधिकारीको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
२०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित संसद हुन् । उनले कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका थिए ।
त्यसैगरी समानुपातिकमा ५ जनाले नाम टिपाएका छन् । बेलबारीबाट अञ्जना अधिकारी, सिता राय, प्रकास राई र सुन्दर हरैचाबाट विशेश्वर ढकाल, देबेन्द्र मास्के समानुपातिकमा नाम पठाएको छ ।