मातृभुमि कृषि सहकारीद्धारा ८ जना सेयर सदस्यलाई सम्मान

भदौ २७ गते, कानेपोखरी । कानेपोखरी ७ स्थित बगरगाँछीमा रहेको मातृभुमि कृषि सहकारी संस्थाले बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शनिबार बरगाँछीमा सम्पन्न भएको संस्थाले आफ्नो ८ जना सेयर सदस्यहरुलाई संस्थामा योगदान गरेबापत सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नियमित बचत तर्फ धनकुमारी तामाङ र झुना श्रेष्ठ, एच्छिक बचतमा सुनिता गुरूङ, ऋणमा काशीनाथ बराल, कृषकमा गंगाप्रसाद गौतम, दुग्ध कारोबार उत्कृष्ट गंगा देवी फुयल, जेष्ठ सदस्यमा खड्ग प्रसाद खड्का र बाल बचतमा उत्कृष्ट सुजन न्यौपाने रहेको छ ।

कार्यक्रम हिमप्रसाद तिम्सिना, मोहनप्रसाद अधिकारी, रविन्द्र आचार्य लगाएतबाट दिप प्रज्वलन गरी कार्यक्रम सुरु गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष हिमप्रसाद तिम्सिनाले आर्थिक बर्ष २०७८÷०७९ प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थका कोषाध्यक्ष कुवेरप्रसाद दाहालले आर्थिक बर्ष २०७८÷०७९ यथार्थ र २०७९÷०८० को अनुमान बजेटको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष मोहन प्रसाद अधिकारी, विशिष्ट अतिथि रविन्द्र आचार्य रहेका थिए । दिगोपन उद्यमी महिला सहकारी संस्थाबाट कोषाध्यक्ष स्वस्तीका फुयल, ग्रामिण सुधार सामुदायिक बनका अध्यक्ष नविन राईले शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरी न्यू देउराली कृषक सहकारीबाटनवराज कटुवाल, मेहनती कृषि सहकारीबाट भवानी प्रसाद गुरागाई, जनमुखी साकोसबाट हरि प्रसाद कोइराला उपस्थित रहेका थिए ।

संस्थाका उपाध्यक्ष मोहनप्रसाद न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रम संस्थाका सचिव सूर्यप्रसाद कोइरालाले संचालन गरेका थिए । संस्थामा ७ सय ३ जना सेयर सदस्य रहेको छ ।

 

 

सम्बन्धित खवर