जनमुखी साकोसमा पदाधिकारी र सदस्यहरु सर्वसम्मत, आज बार्षिक साधरणसभा हुर्दै

असोज ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित बरगाँछीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको पदाधिकारी र सदस्यहरु सर्वसम्मत भएका छन् ।

संस्थाको आज हुने ३० औँ बार्षिक चुनावी साधारण सभा हुर्दै गर्दा शनिबार नै पदाधिकारी र सदस्यहरुको नाम सर्वसम्मत भई सामाजिक सञ्जालमा नाम सार्वजनिक गरेको हो । संस्थाको अध्यक्षमा पुन संञ्जिव खड्का सर्वसम्मत भएका छन् । त्यसैगरी उपाध्यक्षमा हरिप्रसाद कोइराला, सचिवमा पुष्कर बजगाई, सहसचिवमा होमप्रसाद न्यौपाने र कोषाध्यक्षमा सञ्जीव कुमार गुरुङ सर्वसम्मत भएका छन् ।

त्यसैगरी सदस्यहरुमा तिलरुपमाया बजगाई, तिला देवी सिलवाल, बालकुमारी जोगी, कमला लिम्बु, भूमिनन्द खनाल, मित्रप्रसाद खतिवडा, पदमप्रसाद कोइराला र गोविन्द न्यौपाने रहेका छन् ।

त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक मेनुका पौडेल, सदस्यहरु टंकप्रसाद न्यौपाने र एन्जल अधिकारी सर्वसम्मत भएका छन् ।

निर्वाचन समितिले उमेदवारहरुको अन्तिम नामावली सूची प्रकाशित गरिएकोमा दावी विरोधको छानविन पछि पच्छात उम्मेदवारको अन्तिम नामावलीको सूची असोज १ गते शनिबार प्रकाशन गरेको थियो । निर्वाचन कार्यक्रम अन्तरगत निर्वाचन समितिले असोज १ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन गरी उमेद्वारी अन्तिम नामावली प्रकाशन सोही दिन अपरान्ह् ४ः ३० बजे राखेको थियो । सोही कार्यक्रमा अन्तरगत संस्थाको पदाधिकारी र सदस्य चयन भएको हो ।

 

सम्बन्धित खवर