दिगोपन सहकारीद्धारा खसीको फ्रेस हाउस संचालन

असोज १४ गते, कानेपोखरी । मोरङको कानेपोखरी –६ स्थित रमाइलो चोकमा दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसीको फ्रेस हाउस सुरु गरेको छ ।

शुक्रबार एक कार्यक्रम विच फ्रेस हाउसको ६ नं. वडा अध्यक्ष खड्ग बस्नेत र ७ नं. वडा अध्यक्ष मोहन प्रसाद अधिकारीले रिवन काटेर उद्घाटन गरेको हो । फ्रेस हाउसमा फ्रेस, शुद्ध, सरसफाई र सवै मासु मिलाएर ग्राहक वर्गलाई खसीको मासु बेच्ने गरी फ्रेस हाउस खोलेको संस्थाकी व्यावस्थापक रुकमणी भूसालले बताइन ।

संस्थाले ५ बर्ष अघिबाट जिवित खसी र बोकाको बजारीकरण(किनवेच) गर्दै आएको छ । दिगो बजारीकरणको लागि फ्रेस हाउस खोलिएको संस्थाकी अध्यक्ष उमा मगरले बताइन् । संस्थाले फ्रेस हाउसको लागि १ जना कटिङ गर्ने कर्मचारी राखेको छ । जिवित खसी र बोका बिक्रीको लागि १ जना कर्मचारी नियुक्त गरी काम गर्दै आएको छ ।

हेफर ईन्टरनेशनल नेपाल, अभियान नेपाल र न्यू देउराली कृषि सहकारी संस्थाका प्रतिनिधि कार्यक्रममा अतिथि रहेका थिए ।

सम्बन्धित खवर