आमाको किरियामा एक छोरी : भन्छन यो संस्कारको पनि विकास गर्नुपर्छ

असोज १७ गते, कानेपोखरी । हिन्दु संस्कार अनुसार छोरीले आमाबुवा र अन्य परिवारका सदस्यको मृत्यु भएमा किरिया बस्नु हुदैन भन्ने चलन छ । समाजमा ठुला ठुला परिवर्तन भएपनि यो संस्कारको परिवर्तन भएको पाईदैन । तर यहाँ त्यो संस्कार र चलनलाई तोड्दै उदाहरणको रुपमा एक छोरी देखीएका छन् ।

छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई कानेपोखरी गाउँपालिकाका एक छोरीले तोडेका छन् । दिवंगत आमाको किरियापुत्री बस्दै उनीले समाजमा छोरीमाथिको भेदभाव विरुद्ध सन्देश दिएका छन् । कानेपोखरी–६, हनुमान चोककी ४० बर्षीय देवी विक असोज १४ गते निधन भएपछि वि.कका एक छोरी दुर्गा वि.कले काजकिरिया गरिरहेका छन् ।

उनको दुई जना छोरी छन् । जेठी छोरी दुर्गा अहिले १८ बर्ष पुगेकी छिन् । दुर्गा जनसेवा मावि कक्षा १२ मा अध्ययनरत छात्रा हुन । अर्को कान्छी छोरी ८ बर्ष मात्र पुग्दै गरेकी शितल वि.क हुन । उनी मुलगाउँको प्रगतिशिल आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत छिन् ।
निम्न वर्ग परिवारका दुर्गा वि.कको बुबा टिकाराम वि.क घरको गर्जो टार्न काठ्माडौँमा लेभर काम गर्दै आएका छन् । देवी वि.क लामो समय देखी मुटु रोगको विरामी हुन । उनीले उपचार गर्दा गर्दैको समयमा उनको मृत्यु भएको थियो ।

उनको निधनपछि छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । घरमा आमाको किरिया गर्नका लागि छोरा नभएपछि छोरीले नै दागबत्ती दिएर काजकिरिया गरेका हुन । ‘छोरीले आमाको मलामी जानुहुँदैन र किरिया गर्नुहुँदैन भन्ने कुरा समाजमा गलत मान्यता हो,’ दुर्गाले भनिन्, ‘मेरो आमाको सन्तान बहिनी र म मात्र हुँ, आमाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ, हामीले यो संस्कारको विकास गर्नुपर्छ ।’

उनीहरू किरिया बस्दा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले सहजीकरण गरेका थिए । पण्डित बाजे र आफ्न्तले बस्न मिल्दैन भन्दै थिए तर धेरै सहजिकरण पछि घाटमै पुगेर आमालाई दागबत्ती दिर्दै आमाको किरियापुत्री बसेको वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेतले बताए । आर्थिक कम्जोर भएको कारण वडाले ५ हजार र खाद्यन्न पनि सहयोग गरेको अध्यक्ष  बस्नेतले बताए ।

 

सम्बन्धित खवर