कार्तिक ४ गते, पथरी । मोरङ कानेपोखरी–६, स्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलले छात्रछात्रालाई पुरस्कार प्रदान गरेको छ ।
विहिबार शैक्षिक सत्र २०७९ को दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार प्रदान गरेको हो । स्कुलले पुरस्कार स्वरुप कापी र प्रशंसा पत्र प्रदान गरेको थियो । विद्यालयले प्रत्येक त्रैमासिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने छात्राछात्रलाई पुरस्कार दिर्दै आएको प्रिन्सिपल जयबहादुर राईले बताए ।
कक्षा प्ले ग्रुपमा प्रथम समिक्षा कट्वाल, द्धितीय युनिशा गुइदेल र तृतीय केशव राज पराजुली भएका छन् । त्यसैगरी कक्षा नर्सरीमा प्रथम विकल्प मण्डल, द्धितीय साइमन गौतम र लिया धिमाल र रेश्मा बास्तोला तृतीय हुनु भएको छ । पुरस्कार कक्षा शिक्षक रेणुका लिम्बु र सिर्जना गौतमले वितरण गरेका थिए ।
त्यसैगरी कक्षा एलकेजीमा प्रथम प्रशिका घिसिङ, द्धितीय रेविका अधिकारी र तृतीय निङ्साङ लिम्बु भएका छन् । युकेजीमा प्रथम रिजन थापा, द्धितीय सुप्रिया राई र रिदम कार्की तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुुने छात्राछात्रलाई कक्षा शिक्षक सुशिला तामाङ र रक्षा राईले पुरस्कार प्रदान गरेका थिए ।त्यसैरी कक्षा १ मा प्रथम प्रिन्सा खनाल, द्धितीय रोजिशा श्रेष्ठ र रोश्नी बास्तोला तृतीय भएका छन् । कक्षा २ मा प्रथम अनुस्का माझी, द्धितीय स्नेह धिमाल र सुहाङ्मा लिम्बु तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुनुहुने छात्राछात्रलाई कक्षा शिक्षक विपिन खड्का र विनु अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी कक्षा ३ मा प्रथम समिप बस्नेत, द्धितीय निमेश राई र खुशी लिम्बु तृतीय भएका छन् । कक्षा ४ मा प्रथम ओजस्वी पराजुली, द्धितीय शशि मण्डल र अविशाना पराजुली तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुनुहुने छात्राछात्रलाई कक्षा शिक्षक लक्ष्मि नेपाल र रुपेश रायले पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी कक्षा ५ मा प्रथम प्रियङ्का राई, द्धितीय अंकन श्रेष्ठ र प्रकृती दुलाल तृतीय भएका छन् । कक्षा ६ मा प्रथम पुष्पलाल गिरी द्धितीय सोइच्छा कट्वाल र मौसम श्रेष्ठ तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुनुहुने छात्राछात्रलाई कक्षा शिक्षक विरेन्द्र श्रेष्ठ र पुजन फुयलले पुरस्कार वितरण गरेका थिए ।कक्षा ७ मा प्रथम आशिष गिरी, द्धितीय एन्जल खतिवडा र आर्यन राई तृतीय भएका छन् । कक्षा ८ मा प्रथम दिपिका वि.क, द्धितीय सन्जु लिम्बु र प्रज्वल लिम्बु तृतीय हुनु भएको छ । प्रथम, द्धितीय र तृतीय हुने छात्राछात्रलाई कक्षा शिक्षक विपिन खड्का र किरण लिम्बुले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यालयको निर्देशक दिनेश सुब्बा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा २०७६ सालको एसईईमा पास हुने पूर्व विद्यार्थीहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयको संस्थापक सदस्य अशोक फुयल, प्रिन्सिपल जयवहादुर राई, शिक्षिका पुजन फुयलले मायाको चिनो हस्तान्तरण गरेका थिए ।