पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आफ्नो दैनिक कामको सहजताको लागि सूचना एम्बुलेन्स संचालनमा ल्याएको छ ।
जनता समक्ष सूचना पुर्याउन सोमबार एक कार्यक्रम बिच सूचना एम्बुलेन्सको संचालनमा ल्याएको हो । सूचना एम्बुलेन्स संचालनमा ल्याउने स्थानीय तह देशमै पहिलो मानिएको छ ।
कानेपोखरी गाउँपलिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले सो एम्बुलेन्सको औपचारीकरुपमा उद्घाटन गरेका थिए । सिटी रिक्सालाई सूचना एम्बुलेन्स बनाएको छ ।
सो सूचना एम्बुलेन्सले गाउँपालिकाको जनहितमा जारी तथा अन्य जनतामा पुर्याउनु पर्ने सूचनाहरु जनताको घरघरलगेर सूचना सुनाउने कामको रुपमा प्रयोग गरिने गाउँपालिका अध्यक्ष इङ्नामले बताए ।