भूमिहीन सुमुम्बासी १४ घरपरिवारलाई जग्गाधनी पुर्जा बितरण

पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले १४ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।

गाउँपालिकाले सोमबार एक समारोहमा वडा नं. ६, विहिबारेको १४ घरपरिवारलाई जग्गा धनीपुर्जा बितरण गरेको हो । उनिहरुलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडाध्यक्षहरु चरण गुरुङ, मोहनप्रसाद अधिकारी र खड्ग बस्नेतले पुर्जा वितरण गरेका थिए ।

भूमिहीन सुम्कुम्बासीमा अजम्बरी टोलका धनबहादुर राई, भक्तबहादुर राई, सारादा राई, पूर्णिमा थेगिम लिम्बु, विहिबारेका फुलमाया घिसिङ तामाङ, टिकामाय मगर, कल्पना राई, पाँचथरे टोलका दिपेन्द्र थेगिम लिम्बु र देउरालीका तिलकबहादुर रानामगरले जग्गा धनीपुर्जा पाएका छन् ।

त्यसैगरी भूमिहीन दलितमा अजम्बरी टोलका मनिता बिश्वकर्मा र बिहिबारेका अस्मिता सुन्दास, होमा दर्जी, मिट्ठी दर्जी र चेलीमाया दर्जीले जग्गाधनी प्रमाणपुर्जा प्रमाण पाएका छन् । उनीहरु सबैले ३ कट्ठा ५ धुर दशमलब ७६ पाएका छन् ।

यस अघि कानेपोखरी गाउँपालिकाले वडा नं. ६ का ६२ घरपरिवार भूमिहीन सुम्कुम्बासी र भूमिहीन दलितलाई जग्गा धनीपुर्जा बितरण गरेको मध्येभित्रका १४ घरलाई वितरण गरेको हो । उनिहरुको प्राविधिक कठिनाईको कारण वितरणमा ढिलाई भएको थियो ।

 

 

सम्बन्धित खवर