पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ५ को वडा कार्यालय भवनको उद्घाटन गरेको छ ।
५ बर्ष अघिबाट भाडामा बस्दै आएको वडा नं. ५ को वडा कार्यालय निर्माण सम्पन्न भएपछि उद्घाटन् गरिएको हो । कार्यालयको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारीले रिवन काटेर उद्घाटन गरेका थिए ।
्
वडा नं.५ ले नयाँ भवनको कार्यालयबाट सेवा दिन सुरु गरेको वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले बताए । वडा कार्यालय भवनको १ बर्ष अघि ५३ लाखमा ठेक्का लागेको थियो । काम सम्पन्न भएपछि मुल्याङ्कनको आधारमा ४९ लाख मात्र भुक्तानी दिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।
१ तले भवनमा ४ वटा कोठा सहितको भवन निर्माण सम्पन्न भएको छ । वडाध्यक्ष, सचिव, प्राविधिक, कार्यालय सहयोगी र स्टोर कोठा सहित निर्माण गरिएको छ । वडा कार्यालय निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराएका थिए ।
वडा उद्घाटन कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, जिन्सी शाखा अधिकृत यादव निरौला र वडासदस्यहरु उपस्थित रहेका थिए । वडा कार्यालय निर्माण गर्न ३ कट्ठा १७ धुर निःशुल्क जग्गा प्रदान गर्ने रिसल हाउजिङ कम्पनीलाई सम्मान पत्रले सम्मान गरिएको छ ।