‘स्यानिटरी प्याड’ उत्पादन गर्दै कानेपोखरी गाउँपालिका

राजकुुमारी तामाङ

पुस २८ गते, कानेपोखरी । कोनपोखरी गाउँपालिकाले स्थानीय स्तरमा स्यानिटरी प्याड उत्पादनको लागि महिला स्वास्थ्य स्वयंसेविकालाई मेसिन औजार प्रदान गरेको छ ।

‘उद्यमसंगै जनजिविका, प्याड उत्पादनमा स्वंयमसेविका’ कार्यक्रम अन्तगरगत १२ जना स्वयंसेविकालाई स्यानिटरी प्याड उत्पादन गर्नको लागि सिलाई मेसिन र कपडा प्रदान गरेको हो ।

यस अघि ७ जनालाई प्रदान गरी स्यानिटरी प्याड उत्पादन भैरहेको छ । बाँकी ५ जनालाई गाउँपालिकाले सोमबार स्यानिटरी प्याड उत्पादनका लागि सिलाई मेसिन औजार र कपडा प्रदान गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारीले महिला स्वस्थ्य स्वयेंविकाहरु गंगा नेपाल, घुर्नी चौधरी, चन्द्रकला निरौला, सुमित्रा ओझा र तारा इङ्नामलाई मेसिन औजार प्रदान गरेका थिए । महिला स्वास्थ्य स्वयंसेविकाले उत्पादन गरेको प्याड गाउँपालिका पालिकाले नै खरिद गरी विद्यालयहरुलाई प्रदान गर्ने पालिका अध्यक्ष राजमती इङ्नामले बताइन् ।

सम्बन्धित खवर