सहारा नेपाल रमाइलो सेवा केन्द्रको सदस्य सुनौं र बुझौं अभियान

विवेक खतिवडा
बैशाख ६ गते, कानेपोखरी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था रमाइलो सेवा केन्द्रले आफ्नो समूहमा सदस्य सुनौं, सदस्य बुझौं कार्यक्रम संचालन गरेको छ ।

मंगलबार वडा नं. ६ स्थित विहिबारेमा ७ वटा समूहका सदस्यहरुलाई भेला गरी कार्यक्रमको अभियान सुरु गरेको हो । समूहमा सदस्य सुनौं, सदस्य बुझौं कार्यक्रम अन्तरगतको अभियान सवै समूहमा गरिने रमाइलो सेवा केन्द्रले जनाएको छ । कार्यक्रममा सदस्यहरु विच हण्डी फुटाउने र हाजिरिजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा कति बर्ष पुगेपछि खाता खोल्न पाइन्छ, ऋणी सदस्यको हकमा अपरेशन गरे बापत कति रकम पाइन्छ, शिक्षा बचत गरेबापत खातामा कति रकम पुगेपछि केक उपहार पाइन्छ, विना धितो ऋण र श्रीमानको मृत्यु हुँदा संस्थाको सुविधा, बचतको आवश्यकता, ऋण लाग्दा ध्यान दिनुपर्ने कुराहरु, समूहलाई गुणस्तरीय बनाउन केके गर्नुपर्छ र सहकारीमा आवद्ध हुदाँ फाइदाहरु बारे जानकारी गराईएको थियो ।

समसामयिक बिषय तथा सहारा नै किन भन्ने बारेमा महेश तामाङ, बितिय साक्षरता कार्यक्रम मिथूनसेन चौधरी, पशु तथा कृषि सम्बन्धी जानकारी सन्जित यादव, ऋणको बारेमा सरला कार्की र बचतको बारेमा गौरी सुवेदीले सहजिकरण गरेका थिए । कार्यक्रममा नयाँ वर्षको शुभकामना साटासाट गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत रहेका थिए । कार्यक्रम संचालन संस्थाकी कर्मचारी पेशल कुमारी शर्माले गरेकी थिइन् । स्वागत मन्तव्य सरला कार्कीले गरेका थिए ।

३३ जना सेयर सदस्यबाट ३४ हजार सेयर पुँजीबाट संस्था स्थापन गरिएको थियो । हाल १ लाख ६० हजार भन्दा माथी सेयर सदस्य रहेका छन् भने सेयर पुँजी रकम १ अर्व ३४ करोड रकम रहेको छ । संस्थाले जगेडा कोष ११ करोड, १५ अर्वको वासलत बनाई सकेको छ । कोशी प्रदेश अन्तरगत ६ वटा जिल्लामा आफ्नो कार्य क्षेत्र बनाई ८० ओटा सेवा केन्द्र संचालनमा रहेको छ ।

 

सम्बन्धित खवर