पथरी खोलामा अमेरिकिन पेस्तोल फेला

बैशाख १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१ स्थित पथरी खोलामा बेवारिसे अवस्थामा अमेरिकिन पेस्तोल फेला परेको छ । आइतबार अपरान्ह पथरी बहुमुखी क्याम्पस नजिककै स्थानीयहरुले पेस्तोल फेलापारेको हो ।

पथरी बहुमुखी क्याम्पस पछाडीको वडा नं. १ र १० छुट्याउने पथरी खोला रहेको छ । खोलामा माछा मार्न गएका स्थानीयबासीहरुले बेवारिसे अवस्थामा पेस्तोल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खाली म्याग्जीन रहेको पेस्तोलमा मेडइन अमेरिका उल्लेख भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी लक्ष्मी भण्डारी बताए । पेस्तोल बारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताएका छन् ।

सम्बन्धित खवर