कानेपोखरी–रंगेली रोडको जंगल क्षेत्र झिलिमिली

जेठ ४, कानेपोखरी । मोरङको कानेपोखरी–रंगेली रोड अन्तरगत जंगल क्षेत्र पर्ने सडक आजबाट झिलिमिली भएको छ ।कानेपोखरी गाउँपालिकाले कानेपोखरी चोक देखी दक्षिण आइतबारे सम्म सडक बत्ती बाले पछि सडक झिलिमिली देखिएको हो । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले विहिबार राती ७ बजे स्वीच अन गरेर बत्ती बालेका थिए ।

कानेपोखरी चोक देखी दक्षिण ३४ वटा सडक बत्ति लगाईएको छ । त्यसैगरी ऐतिहासिक कानेपोखरीमा जम्मा ९ वटा बत्ती जडान गरिएको छ । पोखरीमा यस अघि नै ६ वटा बत्ती जडान गरिएको थियो भने आज थप ३ वटा बत्ती जडान गरिएको गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बताइन् ।

एउटै स्वीचबाट ऐतिहासिक पोखरी र सडकको बत्ती बाल्ने स्वीच कानेपोखरी चोकमा राखिएको छ । सडकमा बत्ती भएपछि रातको समयमा आवतजावतमा सहज हुने भएको गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी बताउँछन् ।

बत्ती नहुँदा धेरै दुर्धटना हुने गरेको थियो । त्यस स्थानमा जंगली जनावरहरु हरिण, बदेंल लगाएत रातको समयमा सडक क्रस गर्ने क्रममा सवारी साधनसंग ठोक्कीएर दुर्घटना हुने गरेको थियो । जंगल क्षेत्रमा बत्ती भएपछि दुर्घटना न्यूनहुने अनुमान गरिएको छ । रातको समयमा मोटरसाइकल, साइकल यात्री, अन्य सवारी साधनको लागि सहज हुने छ । सडकमा बत्ती भएपछि सवारी साधनको गति कम हुने हुँदा दुर्घटना कम हुने र अँधेरो हुँदा सवारी साधनको गती तिव्र हुनाले सडक दुघटना हुने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् ।

 

 

सम्बन्धित खवर