शुक्रबार, माघ २, २०८२

एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न

 

भदौ ९, विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण सम्पन्न सम्पन्न भएको छ ।

एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण उर्लाबारी, रंगेली, विराटचोक हुँदै अन्तिम अडिसन शुक्रबार विराटनगरमा सम्पन्न भएको हो । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड एस.वि.एस.सिले २०६९ सालबाट गित संगितलाइ व्यवसायिक बनाउन तथा विद्यालय स्तरमा स्थापित गराउँदै समग्र क्षेत्रको विकासका लागि ‘आवाज तपाईको’ ‘गौरभ राष्ट्रको’ ‘देन निजी स्कुलहरु’ को भन्ने नाराका साथ एस.वि.एस.सि सिङ्गिङ स्टारको आयोजना गर्दै आइरहेको छ ।

एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ मा मोरङ जिल्ला भरिका १ सय ६४ जना विद्यार्थीहरुले भाग लिएका थिए भने १ सय १६ जना विद्यार्थीहरु अडिसन राउण्डमा छनोट भएका छन् । मोरङको उर्लाबारिमा ४८ जना भाग लिएका विद्यार्थीहरु मध्ये २६ जना छनोट भएका थिए । त्यसैगरि रंगेली अडिसनमा ३६ जना सहभागि मध्ये २४ जना, विराटचोक अडिसनमा २६ जना सहभागि मध्ये १७ जना र विराटनगरमा भएको अडिसनमा ५४ जना सहभागि विद्यार्थीहरुमा ४९ जना विद्यार्थीहरु छनोट भएका छन् ।

सिङिगङ स्टार सिजन ५ को उर्लाबारी अडिसनमा प्याव्सनका केन्द्रिय सदस्य केदार खनाल, विराटचोक अडिसनमा कोशी प्रदेश प्याव्सनका उपाध्यक्ष अर्जुन बस्नेत, रंगेली अडिसनमा मोरङ प्याव्सनका उपाध्यक्ष भक्तराज सुब्बा र विराटनगर अडिसनमा मोरङ हिसानका अध्यक्ष प्रेमलाल सिंह सुवाल प्रमुख अतिथीका रुपमा रहेका थिए । दोस्रो अडिसन असोज ३ गते विराटनगरमा हुने आयोजकले बताएको छ ।

एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण, सेमीफाइनल, लाइभ राउण्ड र फाइनल गरिचार चरणमा सम्पन्न गर्ने संयोजक हिरा थापाले बताएका छन् । त्यसैगरि फइनल राउण्डमा १० जना विद्यार्थीहरु जाने र विजेताहरुलाइ नगद तथा ट्रफिद्वारा सम्मान गरिने संस्थाका अध्यक्ष मोहन बुढाथोकिले बताए । सिङिगङ स्टार सिजन ५ को निर्णायक भुमिकामा सुमन श्रेष्ठ, दिपेन थापा, जेवी थुलुङ र दुर्गा पराजुली रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.