पथरी शनिश्चरे नगर पशु अस्पतालको उद्घाटन

२३ कात्र्तिक, पथरी । १ बर्ष अघि शिलान्यास गरिएको पथरी शनिश्चरे नगर पशु अस्ताल संचालनमा आएको छ ।

पथरी शनिश्चरे वडा नं. ३ प्रगति टोलमा निर्माण सम्पन्न भएको नगर पशु अस्पतालको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरेको हो । उद्घाटन गर्दै नगरप्रमुख तुम्बापोले नगरको अब सबै पशु उपचार पशु अस्पतालबाट हुने बताए ।

वडा नं. ३ का अध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, कार्यपालिका सदस्य मिना तामाङ, अन्जना शिवाको उपस्थिति रहेको थियो ।

नगरका कर्मचारी लुकनाथ पोख्रेलले सञ्चालन गरेको थियो । नगर पशु अस्पतालको वि.सं. २०७९ कात्तिक २७ गते शिलान्यास गरिएको थियो ।

सम्बन्धित खवर