जनसेवा माविमा प्रधानाध्यापक सिग्देलको विदाइ, प्रमोद निरौलालाई स्वागत

२१ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी ६, रमाइलो बजारमा स्थापित जनसेवा माध्यामिक विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देल सेवाबाट अवकाश भएका छन् ।

बुधबार जनसेवा माविले एक कार्यक्रमको आयोजना गरी प्रअ. सिग्देललाई अभिनन्दन गर्दै विदाइ गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नामले प्रअ. सिग्देललाई अभिनन्दन पत्र प्रदान गरेकी थिइन् । अभिनन्दन पत्र निमित प्रधानाध्यापक प्रमोद निरौलाले पढेर उपस्थि सबैलाई सुनाएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, पूर्व गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, जनसेवाका शिक्षकहरुले फूलको माला लगाएर विदाइ गरेका थिए । विदाई कार्यक्रममा विद्यार्थीहरुले पनि फूलको गुच्छा दिनुका साथै माला पनि लगाई दिएका थिए ।

कार्यक्रममा सिग्देलले आफ्नो काम गर्दाको अनुभव सुनाएका थिए ।

प्रधानाध्यापक सिग्देल सोही विद्यालयका पहिले विद्यार्थी थिए । त्यसपछि शिक्षक हुँदै प्रधानाध्यपक सम्म भएर ३८ बर्ष लामो सेवा पछि अवकाश पाएका हुन । उनी २०४१ साल पुसमा नि.मा.अस्थायी शिक्षकका रुपमा जनसेवा प्रवेश गरेका थिए । उनले अस्थायी शिक्षक २०४३ कात्र्तिक २२ गते सम्म भए । त्यस पछि २०४५ भदौ १ देखी पुन माध्यामिक तहमा अस्थयी शिक्षक भए । विद्यालयमा सिग्देल विज्ञान विषयको शिक्षक थिए । उसबेला विज्ञान दर्पण नामका सहयोगी किताब देशभर प्रचलित थियो ।
२०४८ साल पुस १ गतेदेखी माध्यामिक स्थायी तृतीय, द्धितीय, प्रथम श्रेणीका शिक्षक हुँदै २०६८ बैशाख ३० गतेदेखी प्रधानाध्यापकका जिम्मेवारी प्राप्त गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष खेमनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम शिक्षक राजकुमार बरालले संचालन गरेका थिए ।

जनसेवा माविका प्रधानध्यापक पदमा प्रमोद निरौला नियुक्त भएका छन् । कार्यक्रममा प्रधानाध्यापक प्रमोद निरौलालाई बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित खवर