रेडक्रस सोसाइटी वयरवन उपशाखाको बार्षिक साधारण सभा सम्पन्न

पुस १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थीत नेपाल रेडक्रस सोसाइटी वयरवन उपशाखाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । शाखाको बार्षिक साधारण सभा कार्यक्रममा पूर्वअध्यक्ष र आजीवन सदस्य ७ जनालाई शाखाले सम्मान गरेको छ ।

शुक्रबार वडा नं. ६, स्थीत जनसेवाको सभाहलमा भएको कार्यक्रममा सम्मानीत हुनेहरुमा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, धनपती पराजुली, भोला पराजुली, तेजप्रसाद पराजुली, ओम बजगाई, हरिप्रसा पौडेल, बद््री प्रसाद भट्टाई रहेका छन् । उनिहरुलाई अतिथिहरुले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।


२०४३ सालमा जनसेवा माविका पूर्व प्रधानध्यापक तुलाराम गुरुङले स्थापना गरेको सोसाइटी वयरवन शाखाले आगालागी भएकोमा उद्धारका साथै राहत वितरण,बाढी पहिरोमा उद्धारका साथै खाद्यान्य सहयोग गर्दै आएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वयरवन उपशाखाका अध्यक्ष नेत्र थापाले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला उपशाखाका उपमहामन्त्री सुरेनद्र गीरीले स्थानीय तहसंग समन्वय गरी कार्यक्रम गर्न सुझाव दिएका थिए । त्यसैगरी कोषाध्यक्ष बिष्णुमाया फुयलले बार्षि हिसावको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारावहादुर काफ्ले प्रमुख अतिथि, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी,वडा नं. ३ का वडाध्यक्ष कृतीमान मादेन, नेकपाको प्रतिनिधि मनोज राजवंशी, लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट कुमार फुयल, कानेपोखरी जेसिजका प्रेसिडेन्ट हिम प्रसाद तिम्सिना, ग्रामिण सामुदायिक वनका अध्यक्ष नविन राई, रमाइलो साकोसका अध्यक्ष टंक अधिकारी, जनएकता साकोसको सचिव अम्बिका अर्याल, स्थानीय अग्रज नेता सन्जय भट्टराई, केशव निरौला लगाएत उपस्थीत भएका थिए । वयरवन उपशाखाका सचिव रमेश फुयलले कार्यक्रम संचालन गरेको थियो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी वयरवन उपशाखाले ‘रक्तदान’ कार्यक्रम पनि गरेका थिए । रक्तदान कार्यक्रममा जम्मा ४३ पिन्ट रगत संकलन भएको सोसाइटी वयरवन उपशाखाका आजीवन सदस्य विवेक लिम्बुले बताए । रक्तदान कार्यक्रम रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको थियो ।

सम्बन्धित खवर