लेटाङ जिल्लाको सवैभन्दा बढी रकम बेरुजुहुने नगरपालिका–नेकपा

पुस १९ गते ,लेटाङ । योजनामा छुट्टीएको बजेट खर्च नगरी रकम बेरुजु गर्ने पालिका मध्ये लेटाङ नगरपालिका मोरङ जिल्लामै पहिलो भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नगर कमिटि लेटाङले आरोप लगाएका छन् ।

नगर कमिटिले विहिबार लेटाङ्मा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपाले सो कुराको आरोप लगाएको हो । पार्टी नगरकमिटिले १३ बुँद्दे ध्यानआकर्षण विज्ञप्ती जारी गर्दै स्थानीय सरकारको ध्यानआकर्षण गरेको छ । गत आर्थिक बर्षमा लेटाङको प्राथमिक स्वास्थ केन्द्रमा अस्पतालको रुपमा स्तरउन्नती गर्नलाई संघिय सरकारबाट आएको २ करोड १४ हजार रुपैया,तेली खोला हुँदै मदन चोकबाट मोरङ्गे खोला २३ सय मिटर सडक कालोपत्रे गर्नको लागी प्रदेश सरकारबाट ६५ लाख,नगरपालिकाबाट ४० लाख,वडाकार्यालयबाट १५ लाख गरी १ करोड २० लाख बजेट काम गर्न नसकेर फिर्ता गएको छ ।

त्यसैगरी गत आर्थिक बर्षमा चिसाङ खोला ठेक्का ४ करोड ५ लाखमा लगाएपनि ठेक्का अनुसार नगरपालिकाले १ करोड ३० लाख रकम उठाउन नसकेको बताउँर्दै नगरपालिकाले लेटाङ नगरपालिकाको जनताको लागी काम गर्न नसेको नेकपा नगर कमिटिका अध्यक्ष कृष्ण लम्सालले बताए । लेटाङ नगरपालिकाको कार्यालयबाट हुने सेवाहरुमा पनि जनताले सास्ती पाएको विज्ञप्तीमा उल्लेख छ । नगरप्रमुख शंखर राई र नगरको प्रमुख प्रशासकीय अधिकृत ध्यान बहादुर थापा विचको द्धन्दले नगरबाट हुने सेवामा सास्ती पाएको बताएका छन् । अधिकृत थापा कहिलेकाही मात्र कार्यालय आउने गरेकोले कार्यालय चुस्त राख्न नगरप्रमुखले ध्यान नदिएको आरोप पनि लगाएका छन् ।

ह्युम पाईप,तार जाली,जस्तापाता जस्ता सामग्री खरिद गर्दा अपारदर्शि ढंगबाट कम्पनी,फर्म र व्यक्तिसंग मिलेमतोमा रकम निकासा गर्ने गरेको विज्ञप्तीमा उल्लेख छ । राष्ट्रिय प्राथमिकताको योजना मदन भण्डारी बैकल्पिक मार्गको विषयमा नगरपालिकाले असफल बनाउने भूमिका खेलेको बताएका छन् । नगरपालिकाको नीति तथा कार्यक्रम तय गर्दा निति नियम विपरित ठुलो रकम अवण्डा शिर्षकमा राखी मनोमानी ढंगबाट अपारदर्शि र एकलौटी ढंगबाट रकम खर्च हुने कार्यबाट लोकतन्त्र र एन नीतिको उपहास भएको लगाएत १३ बुँदामा ध्यानआकर्षण गरिएको हो ।

विज्ञप्तीमा नेकपा नगर कमिटि सचिव डिल्ली विश्वकर्मा र अध्यक्ष कृष्ण लम्सालद्रारा हस्ताक्षरित रहेको छ । पत्रकार सम्मेलनमा लेटाङ नगरपालिकाका नगरप्रमुखका दावेदार तथा नेकपा पार्टी जिल्ला सदस्य भूपेन्द्र लावती लगाएत पार्टीको वडा,नगरका नेता उपस्थीत रहेका थिए । अस अघि पनि नेपाली कांग्रेस निकट लेटाङ नगरपालिकाका मेयर शंखर राईले बहुमतको आडमा नगरसभा पारित गर्न लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेको थिए । नेकपा निकट उपप्रमुख कृष्णकुमारी निरौला सहित २२ जना जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेको थियो ।

उनिहरुले नगरसभा मात्र होइन दुईवटा कार्यपालिकाको बैठक पनि बहिस्कार गरेको थियो । उपप्रमुख निरौलाको संयोजकत्वमा भएको कानुनी व्यवस्था रहेको योजना अनुगमन समितिमा समेत नगरप्रमुख राईले हस्तक्षेप गरी जिम्मेवारीबाट बन्चित गरेको बताउर्दै बहिस्कार गरेको थियो । वडाबाट आएको सिलिङ बजेट छलफल नै नगरी नगरसभामा लगेको र नगरले वितरण गर्ने बजेट मेयरले आफुखुसी वितरण गरेको बताएका थिए ।

सम्बन्धित खवर