कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रमा लागु औषध प्रयोग कर्ता र विक्रि वितरण नै मुख्य समस्या रहेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
कानेपोखरी –७, स्थीत कानेपोखरी अस्थाई प्रहरी चौकी चौकीमा भएको प्रहरी र स्थानीयको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन । अध्यक्ष काफ्लेले लागुऔषध कारोबार र प्रयोग कर्ता पहिलेको भन्दा कम भए पनि यसलाई समाधान गर्न चुनौति रहेको बताएका छन् । रमाइलो प्रहरी चौकीको प्रहरी आफ्नो क्षेत्रको सिमासम्म पुग्न लगभग २३ किलोमिटर टाढा पुग्नु पर्ने बाध्यता छ । त्यसले गर्दा यस क्षेत्रमा सुरक्षामा चुनैती भइरहेको हो । सुरक्षा चुनौती समाधान गर्न तल्लो भेगमा जस्तै वडा नं. १,२ र ३ को विचमा प्रहरी चौकी स्थापना गर्नु जरुरी रहेको अध्यक्ष काफ्लेको भनाई थियो ।
त्यसैगरी वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीले गाउँको माथिल्लो भाग जंगलको क्षेत्र भएकोले लागुऔषध कारोबार र प्रयोग कर्ताहरु ढुक्कले कारोबार गर्ने बताएका छन् । युवाहरु नै लागुऔषध प्रयोग गर्ने र विक्रीवितरणमा संलग्न हुने भएकोले त्यसको समस्याको समाधान गर्न अभिभावक नै मुख्य भूमिका खेल्नुपर्ने वडाध्यक्ष अधिकारीले बताए ।
उपस्थीत स्थानीयले गाउँपालिकाको माथिल्लो क्षेत्र जंगल भएकोले प्रहरी चौकीहरुमा प्रहरी जवानहरु थप्नुपर्ने माग गरेका थिए । कतिखेर कहाँबाट मान्छेको हत्या गरी यहाँ जंगलमा ल्याएर फाल्ने प्रवृतीले समग्र कानेपोखरीलाई हेर्ने दृष्टीकोण खराब भएको भन्दै स्थानीयले सुरक्षा मजबुद बनाउनु पर्ने माग राखेका थिए ।
भखरै सरुवा भएर इप्रका पथरीमा आएका डिएसपी दिलिप गिरीले अहिले इप्रकाको अभियान फरार अपराधि पक्राउ गर्ने हो । एक महिनामा अहिले ११ जना फरार अपराधि पक्राउ गरिसकेको कार्यक्रममा डिएपी गिरीले बताए । उनले भने–‘फरार व्यक्तिहरु तपाईहरुले चिन्नुहुन्छ,लुकाउने प्रयास नगर्नुहोला । बरु पक्राउ गर्न तपाईहरुले सहयोग गर्नुपप्र्यो । मापासे गरेर, हेल्मेट नलगाउने र तीन जना चढ्ने व्यक्तिहरुमा हामीले अभियान नै चलाएको छौं । पक्राउ पछि छुटाउन नआउनु होला । अपराधि छुटाउन कसैसंग सम्झौता हुँर्दैन ।’
कार्यक्रममा डिएपी गिरीले आफु घुस कुनै हालमा नखाने र आफ्नो मातहतका प्रहरीले गलत क्रियाकलाबका अपराधिहरुबाट घुस मागेर छुटाउने प्रयास गर्छ भने त्यस प्रहरीलाई कारवाही गरिने बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जम्मेली राईले कानेपोखरी–पथरी क्षेत्रमा अपराध भन्दा मोरङकै अन्य ठाउँको दुई गुणा बढी रहेकोले यस क्षेत्रको बढी प्रचार भएको गुणासो राखेका थिए । यसले गर्दा व्यापार र पर्यटनमा घाटा लाग्ने उनले बताए ।
कार्यक्रममा वडा नंं. ५, वडाध्यक्ष चरण गुरुङ, कार्यपालिका सदस्य पदमा गुरुङ, नेकपा कानेपोखरी संगठन कमिटिका अध्यक्ष भोला अधिकारी लगाएत अतिथि रहेका थिए । कार्यक्रम अस्थाई प्रहरी चौकी कानेपोखरीका असई यम भट्राईले कार्यक्रम संचालन गरेका थिए ।