राजकुमारी तामाङ
फागुन २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी –४, नं. वडामा निःशुल्क एक दिने स्वस्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको शिविरमा सुगर(मधुमेह), पेसर (रक्तचाप) चेकजाँच तथा परामर्श, सर्पदशंबाट बच्ने उपायहरु र मनोविमर्ष परामर्श सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा वडाका ५९ जना सुगर र पेसरका विरामीले निःशुल्क सेवा लिएका थिए ।
सुगर(मधुमेह), पेसर (रक्तचाप) चेकजाँच तथा परामर्श फिजिसियन डा. राजेश सिंह, सर्पदशंबाट बच्ने उपायहरु सर्प विज्ञ प्रेम विष्ट र मनोविमर्ष परामर्श प्रतिमा गुरुङले सहजिकरण गरेका थिए । कार्यक्रम भुल्के मिडिया प्रालिको आयोजनामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष धनबहादुर राईले वडाको गतिविधिको बारेमा र गाउँपालिकाका स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले स्थानीय स्वास्थ्य क्षेत्रको बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रम मोहन भट्टराईको सभापतीत्वमा भएको हो । अतिथिहरु वडासदस्य रोषन लामिछाने गुरुङ, शिव दुलाल, सावनी माझी र श्यामकुमारी विक, वयरवन स्वास्थ्य चौकी इन्चार्ज ओमप्रकास लिम्बु, रमाइलो डाईग्नोष्टिक सेन्टर संचालक प्रकास धिमाल, समाज सेवी डम्बर कटुवाल लगाएत रहेका थिए ।