कानेपोखरीमा कोइराला समूहकै उमेद्वारहरु विजय, सभापतीमा योगेन्द्र दाहाल

असोज १७ गते, कानेपोखरी । नेपाली काँगे्रसको १४ औ महाधिवेसन अन्तर्गत आइतबार सम्पन्न भएको मोरङका कानेपोखरी गाउँपालिकामा कोइराला समूहकै उमेद्वारहरु विजय भएका छन् ।

गाउँकार्यसमितिको सभापतीमा कोइराला समूहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका छन् भने देउवा समूहका दीपक चौलागाईले ७१ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारीहरुमा भने कोइराला समूह र देउवा समूहका बराबरी विजयी भएका छन् ।

उपसभापतिमा जबर राई (कोइराला समूह), भानु फुयल (देउवा समूह), सचिवमा पुष्प बहादुर कार्की र विवेक लिम्बु विजयी भएका छन् । उनीहरु दुबै जना कोइराला समुहकै हुन् । सहसचिवमा मनिष न्यौपाने (कोइराला समूह) र सञ्जीव लिम्बु (कोइराला समूह) विजयी भएका छन् ।

सम्बन्धित खवर