नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि तामाङ सहित १३ जना एमालेमा प्रवेश

कात्र्तिक ९ गते, पथरी । नेपाली कांग्रेस परित्याग गरी मोरङको पथरीशनिश्चरेमा क्षेत्रिय प्रतिनिधि तथा क्रियाशिल सदस्य धनकुमार तामाङ सहित १३ जना एमालेमा प्रवेश भएका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) पथरीशनिश्चरे नगर अधिबेशनको कार्यक्रममा उनिहरु प्रवेश गरेको हो । नेपाली कांग्रेस परित्या गर्नेमा अनु नेपाल, गीता नेपाल, सरला घिमिरे, संगीता अधिकारी, देवराज राई, निरज राई, गोपाल विश्वकर्मा,अमृत विश्वकर्मा, बिजय राई, धनबहादुर पंधाक, मञ्जु माझी र शुकराज राई लगाएत रहेका छन् ।

नव प्रवेशीलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत, डिपी राई, देवराज भण्डारी, युवराज बास्कोटा, किशोर राई, विजय डांगी, मोहन तुम्वापो लगाएतका नेताले अविरको टीका र खदाले स्वागत गरेका थिए ।

हिजो सोमाबार मात्र नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ पनि कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनलाई विराटनगरमा भएको एमाले अगुवा कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । उनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन ।

धनकुमार तामाङ एमालेमा रहदा जिल्ला सदस्य थिए । गत स्थानीय तहको चुनावमा पथरीशनिश्चरे १ नम्बर वडाको अध्यक्षमा टिकट नआएपछि वडाध्यक्ष पदको उमेद्वारमा बागी उठेका थिए । वडाध्यक्षमा पराजय पछि तामाङ एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । तीन हप्ता अघि मात्र सामाजिक सञ्जालमा नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि र क्रियाशिल सदस्य त्यागेको घोषणा गरेका थिए ।

सम्बन्धित खवर