आईटिएफ तेक्वाण्डो संघको जिल्ला अध्यक्षमा भुजेल र सचिवमा तामाङ सर्वसम्मत

माघ ८ गते, कानेपोखरी । मोरङ जिल्ला आईटिएफ तेक्वाण्डो संघको पाँचौ जिल्ला अधिवेशनले कानेपोखरी गाउँपालिकाका युवराज भुजेललाई अध्यक्षमा र राजकुमारी तामाङलाई सचिवमा सर्वसम्मत चयन गरेको छ ।

शनिबार कानेपाखरी–६ स्थित रमाइलो सहकारी भवनमा सम्पन्न अधिवेशनले सर्वसम्मत चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा सन्तोष कुमार श्रेष्ठ, सचिवमा राजकुमारी तामाङ, सहसचिवमा स्वीकार बस्नेत र कोषाध्यक्षमा मन्दिप रायमाझी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा हरि न्यौपाने, सार्थक पोख्रेल, केरिसा आचार्य, इन्दिरा थापा, बिपिन राई र प्रेम चौधरी सर्वसम्मत चयन भएका हुन ।

नव निर्वाचित समितिलाई कार्यकालको बधाई दिदै कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले खेलकुद क्षेत्रले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने, शारीरिक र बौद्धिक रुपले पनि तन्दुरुस्त हुने भएकोले यस क्षेत्रमा लाग्न सबै उत्प्रेरित हुनुपर्ने बताए । त्यसैगरी नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष कार्कीले तेक्वाण्डो खेलको विकास र यस खेलप्रति आकर्षण बढाउन राज्यले लगानी गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, विशेष अतिथि उपाध्यक्ष राजमती इङ्नाम, नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष प्रवीणकुमार कार्की, मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन कुमार पोख्रेल, प्रदेश १ आइटिएफ उपाध्यक्ष चतुरलाल चौधरी, सचिव नवीन तामाङ, वडा नम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नम्बर ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, नेकपा एमाले गाउँ अध्यक्ष सुशिल बुढाथोकी, नेपाली कांग्रेस सभापती योगेन्द्र दाहाल, माओवादी केन्द्र प्रतिनिधि नविन राई, भूमि दुलाल लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर