एमाले मोरङ १ बाट पूर्व उपसभामुख तुम्बाहाम्फे र सांसद खतिवडासहित ५ जना सिफारिस

भदौ १९ गते, लेटाङ । नेकपा (एमाले) मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा पूर्व उपसभामुख तुम्बाहाम्फे र सांसद खतिवडा सहित ५ जनाको नाम सिफारिस भएको छ ।

आइतबार लेटाङमा क्षेत्रीय कमिटीको बैठकमा प्रतिनिधिसभा सदस्य उम्मेद्वारको लागि ५ जनाले नाम दर्ज गरेको हो । एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसद घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, जिल्ला सचिवालय सदस्य अग्नी भट्टराई र सामाजिक अभियन्ता रुदबहादुर तामाङको नाम सिफारिस भएको हो ।

यस्तै प्रतिनिधिसभा सदस्यमा समानुपातिकमा लक्ष्मीदेवी भण्डारी, भुपाल जिमी र डिल्ली खतिवडाको नाम सिफारिस भएको छ ।

सम्बन्धित खवर