पुस ९ गते, सिन्धुली । ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री शालिग्राम जमरकटेलले प्रदेशको “नाम नेवा ताम्सालिङ“ राख्नु पर्ने बताउदै आफुले पनि पहल गर्ने बताएका छ्न ।
सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीगढीमा आयोजित राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जमरकटेलले सो कुरा बताएका हुन ।
“क्षेत्री बाहुनहरु हामीमा अलि शंकुचन र घमण्ड र दम्भ छ ।“ मन्त्री जमरकटेलले भने “हिजो खोला, नदि, पहाडहरुले पहिचान र संघीयता मागेका होइनन उत्पीडित जनताको आत्मा सम्माणको लागि नेवा ताम्सालिङ बाग्माती राख्दा केही फरक पर्दैन ।“
जमरकटेलले भोलि पुस ८ गतेदेखी चल्ने प्रदेश सभामा नेवा ताम्सालिङ नाम राख्न पहल गर्ने आफ्नो पार्टीलाई समेत जानकारी दिएको बताए । नाम राख्दा भावी दिनको लागि असन्टुष्ट राख्नु नहुने र राखिएमा अर्को पक्षले जनता उचालेर अशान्ती हुने मन्त्रीको भनाइ थियो ।
सिन्धिलीगाढी र नेपाल जोगाउन अग्रेज सेनालाई परास्त गर्ने वंशु गुरुङलाई बिर्सनु नहुने जमर्कटेलले बताए ।
उनले आफू मजदुरको लागि कान्तिपुर, हिमाल, नागरिक लगायतको मिडियाहाउस बिरुद्द निडरताको साथ लड्नु परेको बताए । पत्रकार र पत्रिका बितरकसम्म परिवार पाल्न सक्ने गरि पारिश्रमिक दिनुपर्ने र संगठन बनाउन पाउनु पर्छ भन्ने मजदुर वर्गको पक्षमा मिडिया हाउसको मालिक विरुद्द लडेको बताए । उनी तत्कालीन माओवादी सम्बद्द मजदुर संगठनको प्रमुख हुँदा आन्दोलन गरेका थिए ।
अर्को प्रसंगमा सरकारको आलोचना गर्दा संघीय लोकतान्त्रिक ब्यवस्थाको विरोध गर्न नहुने उनले बताएका छन । संविधानले दिएको अधिकार भित्र रहेर आलोचना गर्दा कसैलाई प्रतिवन्द नहुने प्रेस स्वतन्त्रताको सरकारले सम्मान गर्ने बताए ।
१, समावेसी आवाज फोनिजको माग
कार्यक्रमका सभापती डन्ड गुरुङ र बरिस्ठ उपाध्यक्ष गजुरधन राईले नेपालको संचार माध्यममा बिषय समानुपातिक हुनेपर्ने, आवाज सबैको समाबेस गर्नुपर्ने, कलम र क्यामराले सबैको समुदायको कथा ब्याथा समेट्नु पर्ने मूल मान्यता रहेको बताए । राज्यको हरेक निकायमा नीति बनाएरै समाबेसी गरिनु पर्ने बताए ।
कार्यक्रमको विशेष अतिथी नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले न्युजरुम समाबेसी बन्नु पर्ने महासंघले आवाज उठाउदै आएको बताए । ठूला मिडिया हाउसहरु ब्यापारमा लागिरहेको र समाबेसीताको लागि आवाज उठाउदै आएको साना लगानिको मिडिया हाउसहरु टिक्न समस्या परिरहेको बताए ।
२, सिन्धुलीगढिको इतिहास
तत्कालीन इष्ट इन्डिया कम्पनी (अंग्रेज)को तर्फबाट कप्तान किनलोकको नेतृत्वमा दुई हजार चार सय सेना नेपाल प्रवेस गरेका थिए ।
उक्त सेनाको टोलिलाई वि.सं. १८२४ असोज २४ गते वंशु गुरुङको नेपाली सेनाको टोलिले पराजित गरेको इतिहास छ । सिन्धुली गढीमा बारुलोको गोला, सिस्नु प्रयोग गरेर अंग्रेज सेनालाई त्यहाबाट नहराएको भए नेपाल नरहन सक्ने बिस्लेशन छ ।
एतिहासिक गढीको संरक्षण र विकासको लागि नेपाल पत्रकार महासंघ सिन्धुलीले २०५७ सालमा नेपाली झण्डा फहराएर प्रचारमा लागेको थियो ।
हाल ३ नम्बर प्रदेश सरकारले गढीको प्रवर्धनको लागि चार करोड रकम निनियोजन गरीसकेको बताएका छ्न ।
उक्त रकमले युद्द संग्राहलय, पुरानो दरवार पुन निर्माण, त्यहा विजय हाँसिल गर्ने वंशु गुरुङ लगायत ४ जनाको प्रतिमा र पृथ्वीनारायण शाहाको मुर्ती बनाउन काम सुरुहुनु लागेको नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले बताए ।
३, पृथ्वीनारायण शाहाको मूर्ती बन्नेमा फोनिजको असहमति
सिन्धुली गढीमा ३ नम्बर प्रदेश सरकारको बजेटबाट गडिमा बन्न लागेको पृथ्वीनारायण शाहाको मूर्ती बनाउने योजनामा आदिवासी जनजातिको सहमत नरहने पत्रकार उजिर मगरले बताए ।
फोनिजको सल्लाहकार संयोजक खिम घलेले शाहाको मूर्ती बनाउनु भन्दा गढि जोगाउने सपुतहरुको मूर्ती बनाउनु पर्ने तर्क गरे ।
कार्यक्रममा प्रेस युनियनको केन्द्रीय अध्यक्ष बद्री सिग्देलले हिजो पृथ्वीनारायण शाहाको मूर्ती भत्काउनेहरुले फेरि बनाउनु भन्दा त्यो बेला गढी जोगाउने वंशु गुरुङको बनाउन सुझाव दिए । दुई दिनसम्म चल्ने भेलाले फोनिजको भवी योजना निर्माण गरि सिन्धुली घोषणा पत्र जारी गर्दै सोमबार बेलुका समापन हुदैछ । राष्ट्रिय भेलामा देशभरबाट करिव १२० जना पत्रकार सहभागी भएका छन ।