असोज २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा करदाता सेवा कार्यालय संचालनमा आएको छ ।
वडा नम्वर १ को बुद्धचोक उत्तरमा नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा आन्तरिक राजस्व कार्यालय विराटनगर अन्तर्गत कार्यालय खडा गरी सेवा संचालनको काम प्रारम्भ गरिएको हो ।
अनौपचारिक कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, ७ का अध्यक्ष कपिलमणि ढकाल सहितका जनप्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।
नगरपालिका र पथरी उद्योग वाणिज्य संघको पहलमा पथरी शनिश्चरेका साथै उर्लावारी, मिक्लाजुङ, लेटाङ कानेपोखरीका सेवाग्राहीका लागि कर सम्वन्धी काम गर्ने कार्यालय खडा गरिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले बताए ।
कार्यालयमा कार्यालय प्रमुख अधिकृत कमल मैनाली सहितका ३ जना कर्मचारीहरुले आजबाट सेवा संचालन भएको छ ।