Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
नेकपा एमालेको ८ नम्बर वडामा एकैदिन ५ वटा जनबर्गिय कमिटी गठन - Nigranitimes

नेकपा एमालेको ८ नम्बर वडामा एकैदिन ५ वटा जनबर्गिय कमिटी गठन

फागुन १५ गते, पथरी । नेपाल कम्युनिस्ट पार्टी(एमाले) पथरीशनिश्चरे – ८ नम्बर वडा कमिटीले ५ वटा जनबर्गिय कमिटी गठन गरेको छ ।
शनिबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, जेष्ठ कम्युनिस्ट मञ्ंच, नेपाल

उत्पीडित जातिय मुक्ति समाज र नेपाल लोकतान्त्रिक अपांग संघ गठन गरेको भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका प्रदेश कमिटी सदस्य मोहन तुम्बापोले जनसंगठनहरु पार्टीका अभिन्न अंग बताउदै यसले पार्टी शुद्धिकरण र सुदृढीकरणमा लाग्नुपर्ने भन्दै संगठन बिस्तारमा ८ नम्बर वडा कमिटीले देखाएको जागरुकताको प्रसंशा गरेका थिए ।

एमाले वडा कमिटी अध्यक्ष नवीन कार्कीले नबगठित कमिटी बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आगामी स्थानीय निर्वाचनमा वडामा पार्टीले जनता र कार्यकर्ताको चाहानामा उम्मेद्वार छनोट गर्ने र एमालेले बिजयी हासिल गर्ने भएको हुँदा चुनाब केन्द्रित भएर लाग्न नेता कार्यकर्तालाइ अनुरोध गरेका थिए । जेष्ठ कम्युनिस्ट मञ्च नगर कमिटी अध्यक्ष नेत्रप्रसाद दाहालले नेकपा एमाले मात्रै जेष्ठ नागरिकहरुको पार्टी भएको हुँदा यसैको झण्डामुनी सबैजना गोलबखद हुनुपर्ने बताए ।

वडा कमिटी सचिब पुष्प पौडेलले संचालन गरेका थिए । कार्यक्रममा अतिथिहरु राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उप–महासचिब बिजय डागी, पार्टी जिल्ला कमिटी सदस्य जीवन खतिवडा, वाम बुद्धिजीवी अर्जुन क्षेत्रि, नगर कमिटी अध्यक्ष रमेश दाहाल, उपाध्यक्ष उमानाथ अधिकारी, नेपाल उत्पीडित जातिय मुक्ती समाज केन्द्रिय सदस्य भद्रमान बिश्वकर्मा, जेष्ठ कम्युनिस्ट मञ्च नगर कमिटी अध्यक्ष नेत्रप्रसाद दाहाल, राष्ट्रिय युवा संघ नेपाल नगरकमिटी अध्यक्ष किसन राई, उपाध्यक्ष उपेन्द्र मादेन लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर