२२ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी १५ वर्षीय युवतीलाई हत्या गरेको छ । युवतीलाई सोमबार राति करिव १० बजे धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
लामाटोलीमा मामाको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न पुग्दा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए । मृतक राईको शव घर र शौचालयको वीचमा रहेको प्रहरीले जनाएको छ ।
बिनोद ज्ञानमतिको मामाको छोरा हुन । घट्ना कस्ले र किन घटाएका खोजी सुरु भएको इप्रका पथरी प्रहरीले जनाएकको छ ।