भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

२४ बैशाख, पथरी । पथरी शनिश्चरे नगरपालिकामा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि आयोजक २ नं. वडाले जितेको छ ।

१ नं. वडाको पञ्चायत माविको खेल मैदानमा सम्पन्न खेलमा वडा नं. ४ लाई १–२ गोलको अन्तरले पराजित गर्दै आयोजकले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको पहिलो हाफमै वडा नं. २ का लागि दुबै गोल मदन राईले हेड मार्फत गरेका थिए । दोस्रो हाफमा वडा नं. ४ का खेलाडी यादब राईले एक गोल फर्काएका थिए । खेल अवधिभर दुवै टिमले निक्कै राम्रो अवसरमा प्राप्त गरे पनि गोलले जाली चुम्न सकेन । खेल १–२ गोल अन्तरले वडा नं. २ विजयी भयो ।

बिजेता टिमलाई शिल्ड सहित नगद रु ५० हजार र उपविजेतालाई शिल्ड सहित नगद २० हजार रुपैया प्रदान गरिएको थियो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापाले प्रदान गरेका थिए ।

बिजेता टिमका मदन राई प्रतियोगिताभरिकै ११ गोल गरेर हाइ स्कोरर र फाइनल खेलको म्यान आफ द म्याच घोषित बने । यस्तै सर्वेउत्कृष्ट खेलाडी विजेता टिमकै जोन सुब्बा, बेष्ट गोल किपर सन्तोष राई, डिफेन्डर बिजय (किम्जो) राई घोषित भए ।

यसैगरी उत्कृष्ट मिड फिल्डर उपबिजेता टिमका क्याप्टेन लोकेन्द्र राई र उत्कृष्ट फवार्ड सुर्य शिवा घोषित भए । फाइनल खेलमा उप–प्रमुख देविमाया काफ्ले, नगरका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष नवीन कार्की, आयोजक वडा नं. २ का वडा अध्यक्ष नैना साम्पाङ, ४ नं. वडा अध्यक्ष लोककिरण न्यौपाने, पूर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर