जनसेवा मावि : कक्षा ११ मा बिज्ञान विषयको कक्षा सञ्चालन तयारीमा

२५ बैशाख, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित जनसेवा माध्यामिक विद्यालय विज्ञान संकायको कक्षा सञ्चालनको तयारीमा जुटेको छ ।

वडा नं. ६ को रमाइलो बजारमा रहेको विद्यालयले शैक्षिक सत्र २०८१÷०८२ को लागि कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
विज्ञान विषय पढ्न चाहाने र एसईई दिएर बसेका विद्यार्थीहरुको लागि आगामी जेठ १ गतेबाट निशुल्क ब्रिज कोर्ष तथा डिजिटल साक्षरता कक्षा पनि संचालन गर्ने तयारी गरेको छ । विद्यार्थीको सहजताको लागि कक्षा संचालन गर्न लागिएको विद्यालयको प्रधानाध्यापक प्रमोद निरौलाले बताए ।

विद्यालय व्यवस्थापन समितिद्धारा विज्ञान संकाय सञ्चालन गर्ने सम्बन्धी निर्णय गरी अनुमतीको लागि कानेपोखरी गाउँपालिकामा माग गरेको प्रधानाध्यापक निरौलाले बताए ।

पालिकाकै ठुलो स्कुल जनसेवामा अहिले प्राविधिक तर्फ कक्षा ९ देखि १२ सम्म कक्षाहरु सञ्चालन भैरहेको छ । कक्षा ९ देखि १२ सम्म ८५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

कक्षा ११ र १२ मा शिक्षा संकाय, मानविकी संकाय र व्यवस्थापन संकाय यस अघिदेखि नै कक्षाहरु सञ्चालनमा छ । कक्षा ११ र १२ को तीन वटै संकायमा २५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
गत शैक्षिक सत्रमा बाल कक्षा देखि कक्षा १२ सम्म ११ सय ६१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस शैक्षिक सत्रमा १२ सय भन्दा बढी विद्यार्थी हुने प्रधानाध्यापक निरौलाले बताए ।

सम्बन्धित खवर