ऐतिहासिक कानेपोखरीमा डुबेर गिरीको मृत्यु

१९ माघ, कानेपोखरी । मोरङको कानेपोखरी –७ स्थित ऐतिहासिक कानेपोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

शनिबार १२ः३० बजे दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा कानेपोखरी ७ बस्ने लगभग ३५ वर्षीय कुलबहादुर गिरीको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा पानीमा डुबे पछि वनभोज खानेहरुले नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले आधा घण्टा सम्म खोजतलास गर्दा नभेटे पछि सुनसरी स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीको उद्धार टोली(गोताखोर)ले पोखरीबाट शव निकालेका थिए । उद्धार टोलीले पोखरीको पानी भित्रबाट निकालेको हो ।

शवलाई मृतकका आफ्न्त बुहारीले बुझेका थिए भने शव पोष्टमार्टमको लागि उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी ट्रमा सेन्टरमा लगिएको नगरप्रहरी भुजेलले बताए । पोखरीमा २० फिट गहिराई छ । अहिलेको अवस्थामा पोखरीमा पानी सुकेर १० फिट गहिराई भएको ग्रामिण सुधार सामुदायिक वन समूहका पूर्व अध्यक्ष नविन राईले जनाएको छ ।

मृतक गिरीको कानेपोखरी ७, आइतबारेमा घर नभएपनि बस्दै आएका थिए । उनका आफ्न्त लेटाङमा भाईबुहारी रहेको र झापामा दाजूभाउजु रहेको रमाइलो प्रहरी चौकीका सई मोहन प्रसाद प्रधानले बताए ।

शनिबार ऐतिहासिक पोखरीमा वनभोज खानेको भिड थियो । वनभोज खानेका ग्रुपमा गएर खानेकुराहरु मागेर खाएका थिए । त्यस पछि पौडी खेल्न पोखरीमा पसेको एक प्रत्यक्षय दर्शीले उद्धत गर्दै प्रहरीले बताए । स्थानीयका अनुसार आइतबारेमा पनि मागेर खाने गरेका बताए ।

सुनसरी स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीको उद्धार टोली(गोताखोर)

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

सम्बन्धित खवर