असोज १९ गते, पथरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे ८ नं. वडा कमिटीद्धारा तीन विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
आफ्नो वडाका बुद्ध माध्यमिक विद्यालय, दुर्गा आधारभूत र मिलन आधारभूत विद्यालयलाई कोरोना भाइरसबाट साबधानी अपनाउन थर्मलगन, माक्स तथा स्यानिटाइजर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
मिलन आधारभूत विद्यालयमा आयोजना गरिएको कार्यक्रममा पहिलो संविधानसभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य लालबहादुर सुस्लिङ, नगर सदस्यहरुः नारायण पाण्डे, प्रकाश कार्की, बाबुराम चौधरी, बुद्ध मा.बि. का प्रधानाध्यापक बोधराज सिग्देल, दुर्गा आ.बि. का प्रधानाध्यापक अर्जुनकुमार तामाङ, मिलन आ.बि. का प्रधानाध्यापक ढलबहादुर मगर, शिक्षक भरत खड्का लगाएतको उपस्थिति रहेको थियो ।
वडा भित्र रहेका विद्यालयहरुलाई स्तरोन्नति गर्नका लागि नेकपा पार्टीले पहल गरिरहेकोमा बुद्ध माध्यमिक विद्यालयलाई पाच करोडको भवन निर्माण गर्न बजेट आइसकेको छ ।
दुर्गा आधारभूत विद्यालयको भवन निर्माण गर्न प्रदेश सरकारसँग कुरा भएको र आगामी बर्षको कार्यक्रममा समेटिने र मिलन आधारभुत विद्यालयको भवन निर्माण गर्न जग्गा अभाव भएकोमा जग्गा ब्यबस्थापनमा पनि पार्टीले सहयोग गर्ने नेकपा वडा नं. ८ का अध्यक्ष नवीन जङ्ग कार्कीले बताए ।