पथरीशनिश्चरे नगरमा छाडा कुकुरको बन्ध्याकरण सुरु

फागुन २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले हिमालयन् एनिमल रिसर्च ट्रष्ट ( हार्ट)को प्राविधिक सहयोगमा नगरका छाडा छोडिएका सामुदायिक कुकुरहरुको आजदेखि फागुन २६ गतेसम्म बन्ध्याकरण कार्यक्रम सुरु भएको छ ।

नगरलाई रेविज रोग मुक्त बनाउने उद्धेश्य अनुरुप रेविज विरुद्धको खोप समेत लगाई कुकुरहरुको बन्ध्याकरण गरिएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।

मनकामना सामुदायिक वन उपभोक्ता समिति कार्यालय नजिकैको पार्कमा आयोजित शिविरमा हार्टका प्रवन्धक चन्द्र राईको अगुवाईमा ११ जनाको प्राविधिक टोलीले आज २८ पोथी सहित कुल ४८ कुकुरको बन्ध्याकरण गरिएको छ ।

कुकुरहरुलाई गाडीमा ल्याई वन्ध्याकरणपछि उनीहरुकै स्थानमा लगेर छोडिएको छ । यो वर्ष २ सय कुकुरको वन्ध्याकरण गरिने लक्ष्य रहेको छ । अघिल्लो वर्ष नगरका १ सय ६४ कुकुरको वन्ध्याकरण गरिएको थियो ।

सम्बन्धित खवर