लोकतान्त्रीक महासंघ कानेपोखरी गाउँ अध्यक्षमा चिरञ्जीवि तामाङ चयन

 

भदौ ११ गते, कानेपोखरी । नेकपा एमाले पार्टीको जनवर्गिय संगठन लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपालको कानेपोखरी गाउँपालिका कमिटि चयन भएको छ ।

शुक्रबार वडा नम्बर २ को आदिवासी जनजाती भवनमा भएको गाउँ भेलाले चिरञ्जीवि तामाङको अध्यक्षतामा ४१ सदस्य समिति चयन भएको हो । त्यसैगरी उपाध्यक्षमा उदिप लिम्बु र श्याम राजवंशी, सचिवमा राजकुमार धिमाल, कोषाध्यक्षमा राजकुमारी तामाङ र सहसचिवमा भगिराज लिम्बु चयन भएका छन् ।

सदस्यहरुमा प्रेमकला गुरुङ, दिपक तामाङ, लोक बहादुर लिम्बु, राजन राई, वीर वहादुर चौधरी, सुमन राई, सन्त लिम्बु, सन्तोष लिम्बु, प्रकास मगर लगाएत रहेका छन् । कार्यक्रम नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य राजमती इङ्नामको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा एमाले गाउँकमिटि अध्यक्ष सुशिल बुढाथोकी, उपाध्यक्ष यशोद्या लिम्बु, सचिव चरण गुरुङ लगाएतको उपस्थितमा कमिटी निर्माण भएको थियो ।

सम्बन्धित खवर