धनकुटामा एमालेको क्लिनस्वीप : प्रतिनिधि र प्रदेशसभा दुवै तर्फ एमाले विजयी

धनकुटा । एउटा मात्र निर्वाचन क्षेत्र भएको धनकुटा जिल्लामा एमालेले अन्य दलहरुलाई क्लिनस्वीप गरेको छ ।
पुनः ७४ सालकै नजिता दोह्रयाउँदै एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा जित हात पारेको हो ।

सत्ता गठबन्धका उम्मेद्वार सुनिल थापालाई हराउँदै एमालेबाट प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र राई निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका राई ३० हजार १ सय १ मत प्राप्त विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।

त्यस्तै प्रदेश सभा १ तर्फ एमालेका निरन राई निर्वाचित भएका छन् । उनले १७ हजार १८ मत प्राप्त गर्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका अर्जुन कुमार राईले १० हजार २ सय २६ मत प्राप्त गरेका थिए ।

यसैगरी, प्रदेश सभा २ तर्फ एमालेका इन्द्रमणी पराजुली विजयी भएका छन् । उनले १५ हजार ७ सय ९७ मत प्राप्त गर्दा मओवादीकी उम्मेद्वार कुसुम कुमरी श्रेष्ठले ११ हजार २ सय ३० मत प्राप्त गरेकी छिन् ।

सम्बन्धित खवर