पथरी क्याम्पसको स्ववियुमा लोकतान्त्रिक बामगठबन्धनका प्यानल विजय

चैत्र ६ गते, पथरी ।  मोरङको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा लोकतान्त्रिक बामगठबन्धनका प्यानल विजयी भएका छन् । गठबन्धनबाट नेविसंघका सभापति पद्का उम्मेदवर केशर थुलुङ निर्वाचित भएका हुन ।

आइतबार राती १० बजे जारी मत परिणाम अनुसार केशर थुलुङ ३ सय ७० मत प्राप्त गरि सभापती पदमा विजय भएको हो । उनले अनेरास्ववियुका उज्वल लकान्द्रीलाई पराजित गरे । लकान्द्रीले १ सय ७६ मत पाएका थिए ।

त्यसैगरी सचिब पदमा संघका भुपाल खतिवडाले ३ सय ६० मत ल्याई विजयी भएका छन् । अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ ल्याई पराजित भएका थिए । कोषाध्यक्षमा खगिन मगरले सोनिया ग्यावा तामाङलाई हराए । अखिल क्रान्तिकारीका मगरले ३ सय ५२ मत र अनेरास्ववियुका तामाङ्ले १ मत ७९ प्राप्त थिए ।

सम्बन्धित खवर