भदौ २७ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले बिस्तारित बैठक सम्पन्न गरेको छ ।
शनिबार जनसेवाको सभाहलमा भएको बिस्तारित बैठक एमाले जिल्ला सल्लाहकार संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
बैठकमा एमाले जिल्ला सचिवलाय सदस्य तथा गाउँपाकिला उपाध्यक्ष राजमती इङ्नाम, जिल्ला कमिटि सदस्य भोला अधिकारी, गाउँ कमिटि अध्यक्ष दानबहादुर बस्नेत, सचिव चरण गुरुङ र गाउँ कमिटि सदस्यहरु खड्ग बस्नेत, मोहन अधिकारी लगाएत अतिथि रहेका थिए ।
बैठकले ४१ सदस्यको अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटि सचिवलाय सदस्य गठन गरेको छ । त्यसैगरी सवै वडामा वडा कमिटि गठन र कार्य भिभाजन गर्ने निर्णय गरेको अध्यक्ष मुना श्रेष्ठले बताइन ।
कार्यक्रमको सभाध्यक्ष कमिटिका अध्यक्ष मुना श्रेष्ठले गरेकी थिइन् भने संचालन सचिव खिना दाहालले गरेका थिइन् ।