गाउँपालिकाद्धारा छात्राछात्रलाई न्यानो कपडा वितरण

राजकुमारी तामाङ
पुस २६ गते, कानेपोखरी । जाडो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले आधारभूत तहका छात्रछात्रालाई न्यानो कपडा(स्वेटर) बितरण गरेको छ ।

सामुदायिक बिद्यालयका बाल कक्षा, कक्षा १, २ र ३ का छात्राछात्रलाई न्यानो कपडा(स्वेटर) बितरण गरिएको हो । सामुदायिक बिद्यालयका विपन्न, दलित पिछडिएका वर्गका छात्रछात्रलाई न्यानो कपडा प्रदान गरिएको थियो ।

वडा नं. ३ को बाल माबि हरकपुरमा बाल कक्षाका ४० जना, कक्षा १ को २१ जना, कक्षा २ को १६ जना र कक्षा ३ को २१ जनालाई न्यानो कपडा वितरण गरिएको हो । त्यस्तै सोही वडाको शिक्षा सदन माबिमा कक्षा १ का ७ जना, कक्षा २ का ६ जना, कक्षा ३ १२ जना, बाल कक्षामा १५ जना र नर्सरीका २२ जनालाई बितरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, कार्यपालिका सद्स्य पदमा कार्की गुरुङ, शुशिला श्रेष्ठ, शिक्षा शाखा प्रमुख बेग प्रसाद काफ्लेको उपस्थितीमा न्यानो कपडा वितरण गरेका थिए ।

सम्बन्धित खवर