निगरानी टाइम्सका प्रधान सम्पादक सुब्बा सम्मानित

माघ २३ गते, पथरी । प्रेस चौतारी नेपाल मोरङले प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कानेपोखरीबाट प्रकाशित निगरानी टाईम्स डिजिटल अनलाइन पत्रिकाका प्रधान सम्पादक दिनेश सुब्बा लिम्बु सम्मानित भएको हो । त्यसैगरी विराटनगर निवासी तेजेन्द्र भण्डारी विराटनगरकै रातो तारा डटकम अनलाइनका प्रधान सम्पादक तेजेन्द्र भण्डारीलाई पनि सम्मानित गरिएको छ ।

११ हजार १ सय रूपैयाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार दिनेश सुब्बा लिम्बु र १५ हजार ५ सय राशिको जनार्दन मैनाली पत्रकारिता पुरस्कार तेजेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । कानेपोखरी ४, स्थित प्रगती चोकका सुब्बा धरानबाट प्रकासित हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकमा पनि कार्यरत छन । सुब्बा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङका अध्यक्ष पनि हुन । दुवै जनालाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेशमा पत्रकारमैत्री कानुन निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए । प्रदेश सञ्चार प्रतिष्ठानलाई पुनः ब्युँताइने उनको भनाइ छ । ‘हिजोको सरकारले के कारण प्रतिष्ठानलाई खारेज गरेको हो भन्ने कुरा हामीलाई थाहा छ,’ उनले भने, ‘अब कानुन बनाएर सरकारले प्रतिष्ठानलाई अघि बढाउने छ ।’ पत्रकारिता क्षेत्रको विकासका लागि सञ्चार प्रतिष्ठान आवश्यक रहेको मुख्यमन्त्री कार्कीको कथन छ ।

तत्काल चैँ मन्त्रालयको संख्या नबढाइने स्पष्ट पारेका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ । त्यसपछि कार्यबोझका आधारमा १ वा २ वटा मन्त्रालय थपिन सक्छन्,’ उनले भने । ‘प्रदेश निजामति ऐन बन्नु प¥यो । प्रहरी प्रदेश मातहतमा आउनु प¥यो,’ उनले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुनहरु निर्माण हुनु प¥यो । त्यसपछि प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयहरु बढ्न सक्छन् ।’ अहिलेको अवस्थामा भने मन्त्रालय थप्न आवश्यक नरहेको कार्कीको भनाइ छ । मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले यसअघि नै १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाइसकेको छ ।

 

 

सम्बन्धित खवर