आदिवासी जनजाति समुदायका ५८ जनालाई ५ दिने सिप विकास तालिम

असार ९, पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा भएको ५ दिने सिप विकास तालिमको समापन भएको छ ।

वडा नं. १० मा स्थापित श्रीजंघा धार्मिक वनको सभाहलमा भएको आदिवासी जनजातिहरुको लागि नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन तालिम शनिबार समापन भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख देवि माया काफ्लेले तालिमले नगरमा रहेका आदिबासी जनजातिहरुको क्षमता वृद्धि भएकोमा आफू विश्वास्त रहेको बताइन् । उपप्रमुख काफ्लेले आफूहरु खालिखुट्टा हिडेर भूमिगत आन्दोलनमा लागेको स्मरण गराउदै नेतृत्व विकास गर्न अहिले सहज भएको बताइन ।

कार्यक्रममा पहिचानवादी नेतृ विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेकी भट्टराईले कोशी नाम विरुद्धको आन्दोलनमा आदिबासी जनजाति, प्रगतिशील खस÷आर्य, दलित, मधेशी, मुश्लिम लगायत सबै लाग्न आग्रह गर्नुभयो । भट्टराईले कोशी नाम विरुद्धको आन्दोलन सफल बनाएरै छाड्ने दाबी गर्नुभयो ।

कार्यक्रमको बिशेष अतिथि रहनु भएका किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले पहिचानको आन्दोलन कुनै जाति, पार्टी विरुद्ध नभएर नश्लवाद÷जातिवाद विरुद्धको संघर्ष भएको बताए ।

नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे समन्वय समितिको अध्यक्ष देवेन्द्र वनेम लिम्बूको सभापतित्वमा भएको थियो । कार्यक्रममा महासंघको पूर्ब अध्यक्ष हेमभक्त तमू, तमु ह्युला छोज धिको नगर अध्यक्ष राजेन्द्र गुरुङ, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष विक्रम लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

पाँच दिनसम्म चलेको तालिमको सहजिकरण रुद्र तामाङले गरेका थिए । भाषण कला, नेतृत्व विकास, प्रस्तावना तथा माइन्युट लेखन तालिमा विभिन्न जातीय समुदायको ५८ जना सहभागिता रहेको थियो ।

सम्बन्धित खवर