वडा नं.३ ले ७१ रनको सहज जीतमा प्रथम वडा अध्यक्ष कपको उपाधि हात पारे

कात्र्तिक १९ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. –७, अन्तर वडा स्तरीय नकआउट ‘प्रथम वडा अध्यक्ष क्रिकेट कपको उपाधि वडा नम्बर ३ ले हात पारेको छ ।
विहिबार जनकल्याण माविको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर ३ ले ७१ रनको सहज जीत निकाली उपाधि हात पारेको हो । वडा नम्बर ७ ले टस् जीतेर फिलिङ् राजे पछि वडा नम्बर ३ ले व्याटिङ् सुरु गरेको थियो । वडा नम्बर ३ ले व्याटिङ् गर्दै २० ओभरमा १३२ रन जोडन् सफल भयो । वडा नम्बर ३ ले दिएको १३२ रनको टारगेट वडा नम्बर ७ ले १५ ओभरमा ६१ रन मात्र बनाएपछि अलआउँट भएको थियो ।
खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का खेलाडी निपेश न्यौपाने घोषित भएका थिए । त्यसैगरी खेल अवधिभर बेष्ट ब्याडमेनमा वडा नं. ७ का निशान भट्टराई, बेष्ट बल्लरमा वडा नं. ३ का बिसेश्वर मुखिया, बेष्ट फिलडरमा वडा नम्बर ७ का जितेन्द्र राई र म्यान अफ द सिरिजमा वडा नम्बर ३ का निपेश न्यौपाने घोषित भएको वडा नम्बर ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताएका छन् ।
खेलमा विजेता वडा नम्बर ३ ले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता वडा नम्बर ७ ले १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको प्रत्येक दिन उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको पुरस्कार बापत १ हजार प्रदान गरिएको खेल आयोजकले जनाएको छ ।
वडा नम्बर ७ को आयोजना र मितेरी युवा क्लबको संयोजनमा भएको क्रिकेट खेलको प्रतियोगितामा पालिका भित्रका ७ वटै वडाहरूको सहभागीता भएको थियो । खेल कार्तिक १२ गतेदेखि सुरु भएर १८ गते समापन भएको छ । फाइनल खेलमा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि रहेका थिए ।

 

सम्बन्धित खवर