वेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई तेक्वाण्डोको विभिन्न वेल्ट प्रदान

पुस १२ गते, रमाइलो, मोरङ । आईटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले बिभिन्न बेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई बेल्ट प्रदान गरेको छ ।

शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट ८१ जना खेलाडीले बेल्ट र प्रमाण पत्र प्राप्त गरेको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ आईटिएफ तेक्वाण्डो संघको अध्यक्ष प्रविन कार्कीले खेलाडीलाई प्रमाण पत्र वितरण गरेका थिए ।

बेल्ट ग्रेडिङ्मा स्टेप रेड १ जना, स्टेप ब्लु ३ जना, ग्रिन बेल्ट २१ जना, स्टेप ग्रिन ३० जना, एल्लो बेल्ट २६ जना गरी जम्मा ८१ जनाले बेल्ट पाएको आईटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरी अध्यक्ष तथा प्रशिक्षक युवराज भुजेलले बताए ।

सम्बन्धित खवर