कानेपोखरी आईटिएफ तेक्वाण्डोको ६९ जना खेलाडीको ग्रेडिङ सम्पन्न

असार १०, कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले ६९ जना खेलाडीको ग्रेडिङ गरेको छ । शनिबार जनसेवा माविको प्राङ्गणमा सम्पन्न ग्रेडिङ्गको सञ्चालन प्रशिक्षक कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्का अध्यक्ष तथा प्रशिक्षक युवराज भुजेलले खेलाडिहरु शारीरिक र मौखिक परीक्षामा सामेल भएपश्चात ग्रेडिङ्ग गरेका थिए ।

खेलमा मध्येबाट वाइट बेल्टमा १३ जना, एल्लोमा ९ जना, स्टेप ग्रीनमा ७ जना, ग्रीनमा १५ जना, स्टेप विल्युमा ६ जना, बिल्युमा ७ जना र स्टेप रेड बेल्टमा ५ जना ग्रेडिङ्ग भएको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्का प्रशिक्षक इन्दिरा थापाले बताइन् ।

आत्मरक्षा र अनुशासनको लागि खेलिने यस खेलप्रती पछिल्लो समय चासो बढ्दै गएको प्रशिक्षक भुजेलले बताए । उनले भने, ’देशमा खेलकुदप्रति आफ्नो भविष्य देखेर यसैमा लाग्ने युवाहरुलाई देशले चिन्न सक्नुपर्छ । हाल खेलकुदमा लागेका धेरै खेलाडीहरुमा नैरासयत छाएको छ यसबारे देशले ध्यान दिन अत्यन्त जरुरी छ ।’

प्रतिक्षक मनु लिम्बु पनि उपस्थित रहेका थिए । कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत अतिथि रहेका थिए भने कार्यक्रम राजेन्द्र गुरागाईले संचालन गरेका थिए ।

सम्बन्धित खवर