एभरेष्टको सिङ्गीङ आइडल सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तथा नृत्य प्रतियोगिताको फाइनल स्पर्धा सोमबार सम्पन्न भएको छ ।

विराटनगरको विरेन्द्रसभा गृहमा सम्पन्नफाइलन प्रतियोगितामा गायनतर्फ सिनियर र जुनियर तर्फ ५ – ५ जनाप्रतियोगि फाइनलपुगेका थिए । नृत्य तर्फ भने दुवै समूहबाट ६–६ जनाप्रतियोगिले फाइनलमा भागलिएकाहुन् । प्रतियोगिहरु मंसिरदेखि शुरु भएको प्रतियोगिताको विभिन्न चरणपार गर्दै फाइनल सम्मपुगेका हुन् ।

राष्ट्रिय प्रतियोगिताको झल्को दिने गरि आयोजितफाइनल समारोहमा विद्यालयका बालबालिकाले सामुहिक नृत्य र जेष्ठ नागरिकको सम्मानगर्नु पर्छ भन्ने सन्देश बोकेको हजुरवुवानामक नाटक समेत मञ्चन गरे ।

प्रतियोगितामा गायनसिनियर तर्फ कक्षा ८ काउत्सव रायमाझि विजेता बनेका थिए । फष्ट रनरअप अस्विन थापा र सेकेन्ड रनरअप संस्कार थापा घोषित भए । यस्तै गायन जुनियर तर्फ श्रीदिमा प्रधान प्रथम भइन् भने फष्ट रनरअप आदित्य यादव र सेकेण्ड रनरअप रिद्दि पौडेल भए ।

यसैगरि नृत्य विधामासिनियर तर्फ मानस्वीखनाल विजेताबनिन् भने फष्ट रनरअप पुर्णिमा पौडेल र सेकेण्ड रनरअप रेनिज राजवंशी घोषित भए । नृत्यको जनियर तर्फ श्रीदुलाखनाल विजेताभइन् भने सारा उप्रेती फष्ट रनरअप र आयुष्मा गिरि सेकेण्ड रनरअप घोषित भइन् ।

प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले फाइनल समारोहको उद्घाटन गर्दै यस्ता प्रतियोगिताले बालबालिकामा अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्न सघाउ पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बालबालिकालाई औपचारीक शिक्षासँगै सीप र प्रविधिलाई सँगै जोडेर शिषा दिनु आजको आवश्यकता रहेको औल्याए । उनले आउँदो शैक्षिक सत्र देखि नै एभरेष्टले कक्षा ७ सम्म पुर्णतया प्रविधि र सीपसँग जोडेर अध्यापन गराउने समेत उद्घोष गरे ।

प्रतियोगितामा गायनविधामा सुरज बानिया र अनुपमाचौधरी र नृत्य विधामा मणि लिम्बु र निश्चल मगरले निर्णायकको भूमिकानिर्वाह गरेकाथिए । प्रतियोगिताको विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशनगद ५ हजार , ३ हजार, २ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

सम्बन्धित खवर